काठमाडौँको दुई ठाउँमा दिउँसै चोरी भएको छ। तारकेश्वर र बत्तिपोखरीमा मंगलबार दिउँसै चोरी भएको प्रहरीले जनाएको छ।
तारकेश्वर नगरपालिका-४ सनफ्लावरमा डेरा गरी बस्ने काभ्रे घर भएका चतुरमान तामाङको कोठाबाट सुनचाँदीका गरगहना र नगदसमेत गरी करिब ५ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो घरको ढोका फोडेर धनमाल चोरी भएको हो।
यसैगरी काठमाडौँ महानगरपालिका-१६ बत्तिपोखरी डेरा गरी बस्ने सर्लाही घर भएका ३९ वर्षीय गणेश चौधरीको कोठाबाट पनि धनमाल चोरी भएको छ।
चौधरीको कोठाबाट सुन तथा चाँदीका गहना गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हो।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरु फरार भएका र उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ।
537
Shares

प्रतिक्रिया