समाज


नागार्जुनमा दुई मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का युवक पक्राउ

नागार्जुनमा दुई मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का युवक पक्राउ

नेपालखबर
माघ १४, २०८२ बुधबार १३:७, काठमाडौँ

नागार्जुनमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। 

नागार्जुन नगरपालिका-६ फस्कू चोकमा बा.प्र.०२-०२-००३ प ६७१६ नम्बरको मोटरसाइकल र बा. प्र.०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल गएराति आपसमा ठोक्किएका हुन्। 

दुर्घटना हुँदा बा.प्र.०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने २५ वर्षीय भिमराज तामाङको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि बा.प्र.०२-०२-००३ प ६७१६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad