काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट एकैचोटि ८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियसमा उक्लिएको हो।
हिजो (मंगलबार) यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस थियो। यद्यपि पछि आधिकारिक मापनमा बिहान ८:४५ बजे अझ घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस कायम भएको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिले बिहान देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रम बढ्नुको अर्थ बिहान चिसो कम हुनु हो।
राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ। राति मौसम बदली (बादल) भएकाले आज काठमाडौँको न्यूनतम तापक्रम घटेको मौसमविद्ले बताएका छन्।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मंगलबार यस्तो थियो देशभरको तापक्रम विवरण

Shares

प्रतिक्रिया