भोजपुर सदरमुकाममा बुधबार बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरूअनुसार मृत्यु हुनेमा एक प्रहरी र एक विप्लव कार्यकर्ता छन्।
भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाले नेपालखबरलाई दिएको जानकारीअनुसार भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो।
मारिने नीरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज हुन्। घटनामा मारिएका प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ।
भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो। सिडिओ खतिवडाका अनुसार प्रहरीले विप्लव कार्यकर्ताको साथबाट एक थान लोडेड पेस्तोल बरामद गरेको छ।
प्रतिक्रिया