समाज


सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

नेपालखबर
माघ ११, २०८२ आइतबार १६:५२, काठमाडौँ

सर्लाहीको मलंगवा नगरपालिकामा ७ जनामा दादुरा संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले मलंगवा नगरपालिको वडा नं. ३ मा ७ जनामा दादुरा संक्रमण पुष्टि भएको जनाएको हो। महाशाखाले शंकास्पद १६ बिरामीमध्ये प्रयोगशाला परीक्षणका क्रममा १० देखि १४ वर्ष उमेरका ७ जनामा दादुरा संक्रमण पुष्टि भएको जानकारी दिएको छ। 

सर्लाहीमा पुस २२ गते पहिलो पटक शंकास्पद बिरामी भेटिएका थिए। प्रयोगशाला परीक्षणका क्रममा माघ ११ मा दादुरा पुष्टि भएको हो।

दादुरा नियन्त्रणका लागि महाशाखाले मलंगवा नगरपालिका–३ सहित वडा नं. २, ४, ८ र ९ का ६ महिनादेखि १४ वर्ष उमेरका बालबालिकालाई माघ १२ गतेदेखि खोप दिन लागिएको जनाएको छ। 

संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र साझेदारसँग समन्वय गर्दै घर घरमा खोजपड्ताल तथा निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad