समाज


अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः सशस्त्र महानिरीक्षक अर्याल

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः सशस्त्र महानिरीक्षक अर्याल

नेपालखबर
माघ ९, २०८२ शुक्रबार २१:४, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख दायित्व र जिम्मेवारी निर्वाचनको सुरक्षा भएको बताएका छन्।

शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विगतमा जस्तै आफूहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल तयार रहेको स्पष्ट पारे। अभाव र सिमितताका बीच पनि आफ्नो कर्तव्य निर्वाह गर्न कुनै अभाव र सिमितताले अवरोध नगर्ने बताए। सशस्त्र प्रहरी बल २४ सै घण्टा तत्पर र तयार रहेको उनको भनाई थियो।

उनले भने, ‘आजको प्रमुख दायित्व र जिम्मेवारी भनेको निर्वाचनको सुरक्षा हो। हामी विगतमा जस्तै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्दछौँ। अभाव र सिमितता होलान् तर कर्तव्य निर्वाह गर्न कुनै अभाव र सिमितताले अवरोध गर्नेछैन। सशस्त्र प्रहरी बल २४ सै घण्टा तत्पर र तयार छ। २५ वर्षे सुरक्षा यात्रामा विशेष गरी नेपाली सेना र सबै सुरक्षा निकायले प्रदर्शन गरेको वन्धुत्व र भ्रातृत्व महत्वपूर्ण छ।’

महानिरीक्षक अर्यालले २५ वर्षे सुरक्षा यात्रामा विशेष गरी नेपाली सेना र सबै सुरक्षा निकायले प्रदर्शन गरेको वन्धुत्व र भ्रातृत्व महत्वपूर्ण रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad