अप्रिल १२ तारिखबाट सार्वजनिक रुपमा नदेखिएका किम उत्तर कोरियाका संस्थापक नेता तथा हजुरबा किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो।
मुटुको सर्जरीपछि किमको मृत्यु भएको, किम अचेत अवस्थामा भएको र उनको अवस्था निकै कमजोर बनेको जस्ता हल्ला चलेका थिए।
तर केहीदिन अगाडि एक फ्याक्ट्री उद्घाटन समारोहमा उपस्थित भएको तस्बिर सार्वजनिक गर्दै उत्तर कोरियाली सन्चारमाध्यमले किमको मृत्युको हल्ला अफवाह भएको जनाएको थियो।
यसबीचमा दक्षिण कोरियाले किमलाई केही नभएको र उनको मुटुको सर्जरी नै नभएको दाबी गरेको छ।
तर यतिबेला सामाजिक सन्जालमा हालै किमको सार्वजनिक भएको नयाँ तस्बिरहरु र उनका पहिलेका तस्बिर तुलना हुन थालेका छन्।
मानिसहरुले हालै देखिएका किम र पहिलेका किम फरक–फरक भएको आशंका व्यक्त गरेका छन्।

जेनिफर जेङले विभिन्न तस्बिरहरु सार्वजनिक गर्दै हालका किम नक्कली किम भएको बताएकी छिन्।
यस्तै बेलायत संसदका पूर्व सदस्य लुइस मेन्स्चले पनि तस्बिरहरुले हालका किम नक्कली नै भएको आशंका व्यक्त गरेकी छिन्। इन्डिया टुडे
— Jennifer Zeng 曾錚 (@jenniferatntd) May 2, 2020Is the Kim Jong-un appearing on May 1 the real one? 4 things to watch: 1. Teeth 2. Ears 3. Hair 4. Sister 金正恩露面被疑替身 網友提出4個理由. 1. 牙齒明顯不同 2 耳朵形狀不同 3 神情和頭髮 4 妹妹年輕了十歲 pic.twitter.com/ngKIyNtPpT
It’s not the same person. But not going to argue it. Hairy moment when I thought my information was wrong. It wasn’t wrong though.
— Louise Mensch (@LouiseMensch) May 2, 2020
Not sure whether it suits us to go along with it or not, but these two are not the same. pic.twitter.com/rV3qgK281p
Shares

प्रतिक्रिया