इलाममा अटो दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ।
देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान अटो दुर्घटना भएको हो।
दुर्घटनामा देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए।
गम्भीर घाइते उनको अस्पताल लैजाने क्रममा बाटाेमै मृत्यु भएको हो।
204
Shares

प्रतिक्रिया