कोशी


धितो-जमानी नभएकालाई भोट दिएर मत खेर नफाल्नुस् : ओली

धितो-जमानी नभएकालाई भोट दिएर मत खेर नफाल्नुस् : ओली

नेपालखबर
माघ ८, २०८२ बिहिबार १३:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो–जमानी नभएका व्यक्तिलाई मत दिएर आफ्नो भोट खेर नफाल्न आग्रह गरेका छन्। 

बिहीबार झापामा आयोजित कार्यक्रममा बोल्दै उनले चिनिएका र काम गरेका उम्मेदवारलाई नै मतदान गर्नुपर्ने जिकिर गरे।

बैंकको उदाहरण दिँदै ओलीले भने, ‘बैंकले पनि धितो जमानी बिना नोट छाप्दैन, त्यसैले भोट हाल्दा पनि धितो न जमानीको मान्छेलाई भोट हालेर आफ्नो मत खेर नफाल्नुस्।’

२०६४ सालमा नयाँ भन्दै नचिनेका उम्मेदवारलाई मत दिँदा विकासमा पछि परेको स्मरण गराउँदै उनले त्यसको तीतो अनुभव दोहोरिन नदिन आग्रह गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको महोत्तरीस्थित घरअगाडि सडक र पुल आफूले बनाइदिएको दाबी गर्दै प्रश्न गरे। ओलीको प्रश्न छ,‘मैले उहाँको घरअगाडि बाटो र पुल बनाइदिएको छु, तर झापामा उहाँले के गर्नुभएको छ?’

सुकुम्बासीको विषयमा बोल्दै ओलीले भने, ‘सुकुम्बासी साथीहरू डराएका छन्, डोजर लगाएर उठिवास गराइन्छ कि भन्ने चिन्ता छ।’

अध्यक्ष ओलीले हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवार होइन, स्थानीय उम्मेदवारलाई जिताउनुपर्ने बताउँदै एमाले पदका लागि मात्र नभई देश जोगाउन र विकासका लागि संघर्ष गरिरहेको स्पष्ट पारे।

‘हामी सांसद, मन्त्री वा प्रधानमन्त्री बन्नका लागि मात्रै होइन, देशमा शान्ति, सुव्यवस्था, सुशासन र विकास ल्याउन संघर्ष गरिरहेका छौँ,’ उनले भने।

सामाजिक सञ्जालमा फैलिएको भ्रममा नपर्न पनि अध्यक्ष ओलीले मतदातालाई आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad