समाज


निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित)

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित)

नेपालखबर
माघ ८, २०८२ बिहिबार १२:७, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (सईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ।

आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागिएको एसईईको तालिका बोर्डले सार्वजनिक गरेको हो। 

यस वर्षको एसईईमा सहभागी हुन ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले सय वर्षको एसईई १२ दिन पछि सारेको हो। गत वर्ष एसईई चैत ७ गतेदेखि सञ्चालन भएको थियो।  

निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुँदै आएको छ। मतपत्र छपाईको कारण परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।

मतपत्रको छपाइ सकिएपछि एसईईको प्रश्नपत्र छाप्ने बाेर्डको तयारी छ।

हेर्नुहाेस् परीक्षा तालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad