समाज


काठमाडौँमा आज घट्यो तापक्रम, बढ्यो जाडो

काठमाडौँमा आज घट्यो तापक्रम, बढ्यो जाडो

नेपालखबर
माघ ७, २०८२ बुधबार २१:९, काठमाडौँ

काठमाडौँ उपत्यकामा अघिल्लो दिन (मंगलबार) को तुलनामा आज (बुधबार) दुवैथरी तापक्रम घटेको छ। अर्थात् चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियसमा झरेको छ। यो काठमाडौँ उपत्यकाका लागि माघ लागेयताकै कम हो। 

गत पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ गते ३.६ डिग्री सेल्सियसमा उक्लिएको थियो।

त्यसयता काठमाडौँमा न्यूनतम तापक्रम माघ २ गते ४.४, माघ ३ गते ४.९, माघ ४ गते ४.२, माघ ५ गते ४.५ र हिजो माघ ६ गते ४.४ डिग्री सेल्सियस थिए। 

आज काठमाडौँमा अधिकतम तापक्रम पनि अघिल्लो दिनको भन्दा घटेर १७.७ डिग्री सेल्सियसमा झरेको छ। हिजो मंगलबार यो तापक्रम १८.५ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाका मौसमविद्का अनुसार जाडोयाम बाँकी नै रहेकाले मौसम प्रणाली भित्रिएका खण्डमा तापक्रम अझै घट्ने सम्भावना छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण-

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad