माघ लागेयता काठमाडौँ उपत्यकाको तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ। यसै क्रममा आज (माघ ५ गते) अघिल्लो दिनको भन्दा दुवैथरी तापक्रम वृद्धि भएको छ।
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी विवरणअनुसार आज (सोमबार) काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा उक्लिँदा अधिकतम तापक्रम १८.७ डिग्री सेल्सियसमा चढेको छ। हिजो आइतबार ती तापक्रम क्रमश: ४.२ र १८.२ डिग्री सेल्सियस थिए।
पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ लागेयता बढ्दै बढ्दै आज ४.५ डिग्री सेल्सियसमा उक्लिएको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् आजको तापक्रम सूची-

Shares

प्रतिक्रिया