कोरोनाको संक्रमण भएपनि बालबालिकामा हल्का मात्र कोरोनाको लक्षणहरु देखिएका छन्। धेरै अनुसन्धानहरुले पनि बालबालिकामा कोरोनाको प्रभाव कम हुने उल्लेख गरिएको छ।
के बालबालिकाले कोरोना भाइरस सार्छन्? भन्ने विषयमा भने धेरैले चासो नदिएको अवस्था छ।
न्युयोर्क टाइम्सका अनुसार हालै दुई नयाँ अनुसन्धानले बालबालिकाले कोरोना भाइरस सार्नसक्ने सम्भावना भएको उल्लेख गरेको बताएको छ।
अनुसन्धानहरुमा बालबालिकाले कोरोना भाइरस संक्रमण फैल्याउनसक्ने प्रमाण भएको जनाइएको छ।
यस अनुसन्धानले विद्यालयहरु चाँडै खुलाउने निर्णयमा पुनर्विचार गर्नुपर्ने विषयमा जोड दिएको छ।
आगामी हप्ताबाट इजरायल, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, बेलायत लगायतका मूलुकले विद्यालयहरु खुला गर्दैछन्।
चीनको वुहानमा बुधबारबाट विद्यालयहरु खुलिसकेका छन्। वुहान कोरोना भाइरस कोभिड १९ पहिलोपटक देखिएको स्थान हो।
साइन्स जर्नलमा गतहप्ता प्रकाशित एक अनुसन्धानका अनुसार चीनको वुहान र सांघाईमा बालबालिकाबाट कोरोना फैलिएको थियो। बालबालिका कोरोना फैल्याउने तेस्रो समूह थिए।
इटलीका महामारीविज्ञ मार्को अजेली भन्छन्,‘मेरो विचारमा तपाइँ विद्यालय खोल्न सक्नुहुन्छ तर कोरोना भाइरसको संक्रमणमा भारी वृद्धि देखिनेछ।’ एजेन्सी

प्रतिक्रिया