आज (बुधबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो।।
यद्यपि पछि बिहान ८:४५ बजे घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस कायम भएको थियो।
आजको आधिकारिक मापन पनि सोही समयमा हुनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा थप घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
Shares

प्रतिक्रिया