समाज


रुख ढाल्ने क्रममा हाँगाले लागेर महिलाको मृत्यु

रुख ढाल्ने क्रममा हाँगाले लागेर महिलाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
पुस २५, २०८२ शुक्रबार २१:४६, गाईघाट (उदयपुर)

रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलालाई रुखको हाँगाले लागेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार रुखको हाँगाले लागेर चौनपा–७ की ४२ वर्षीय नमिता राईको मृत्यु भएको हो। आज बिहान १०ः०० बजे स्थानीय पञ्चमी सामुदायिक वनमा रुख ढाल्ने क्रममा राईलाई रुखको हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी थिइन्।

बेल्टार नगर अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राईको शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको सूचान अधिकारी दोङले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad