ग्लोबल


इरानमा जारी विरोध प्रदर्शनबारे खामेनीको प्रतिक्रिया: ‘ट्रम्पलाई खुसी पार्न चाहने बदमासहरू’

इरानमा जारी विरोध प्रदर्शनबारे खामेनीको प्रतिक्रिया: ‘ट्रम्पलाई खुसी पार्न चाहने बदमासहरू’

नेपालखबर
पुस २५, २०८२ शुक्रबार २१:४८, काठमाडौँ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देशमा झन्डै २ हप्तादेखि जारी विरोध प्रदर्शनविरुद्ध प्रतिक्रिया जनाएका छन्।

उनले प्रदर्शनकारीहरूलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘खुसी पार्न’ चाहने ‘बदमासहरूको समूह’ भनी टिप्पणी गरेका हुन्। 

राष्ट्रिय टीभीमा सम्बोधन गर्दै खामेनीले भनेका छन्, ‘बदमासहरूको समूहले तेहरान र अन्यत्र निस्किएर अमेरिकाका राष्ट्रपतिलाई खुसी पार्न आफ्नै देशका भवनहरूमा क्षति गरे।’

‘किनभने उनले (ट्रम्पले) दंगा गर्ने र देशलाई हानि पुर्‍याउनेहरूलाई समर्थन गर्ने बताएका थिए। यदि उनी सक्षम हुन् आफ्नै देश  चलाए हुन्छ।’

खामेनीले ट्रम्पको हात ‘१२ दिने युद्ध (इजरायलसँग) मा मारिएका हजारभन्दा बढी इरानीको रगतले रंगिएको’ आरोप पनि लगाए। 

‘केही अनुभवहीन र लापरवाह मानिसहरूले उनलाई विश्वास गर्छन् र उनको इच्छाअनुसार काम गर्छन्’, खामेनीले भने। 

इरानमा बढ्दो महँगी र बिग्रिँदो आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ मा तेहरानबाट सुरु भएको प्रदर्शन अहिले देशभरजसो फैलिएको छ। 

इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) का अनुसार प्रदर्शनको अहिलेसम्म ३४ प्रदर्शनकारी र ७ सुरक्षाकर्मी मारिएका छन्। यस्तै २ हजार २७० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad