समाज


जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १८:१२, काठमाडौँ

जाजरकोटमा शुक्रबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा चार जना घाइते भएका छन्। 

छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित सडकमा कप्र ०२–००१ च १३२७ नम्बरको बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार सोही नगरपालिका–९ पजारू बस्ने ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै, दुर्घटनामा घाइते भएका बोलेरो चालक समेत ४ जनालाई उपचारको लागि नगर अस्पताल बडाबन जाजरकोटतर्फ पठाइएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad