ad ad

समाज


५ देशको गुप्तचर गठबन्धन भन्छः भाइरस ल्याबबाट फैलिएको कुनै प्रमाण छैन

५ देशको गुप्तचर गठबन्धन भन्छः भाइरस ल्याबबाट फैलिएको कुनै प्रमाण छैन

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ९:३,

कोरोना भाइरसको स्रोत चिनियाँ प्रयोगशाला भएको प्रमाण नभेटिएको पाँच मुलुकका गुप्तचर एजेन्सीहरुको गठबन्धनले बताएको छ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाबीच गुप्तचर गठबन्धन भएको छ। यसलाई फाइभ आइज नेटवर्क भन्ने गरिन्छ।

अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरस वुहानस्थित ल्याबबाट उत्पन्न भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरिरहँदा अमेरिका समेत सम्मिलित अंग्रेजीभाषी पाँच मुलुकको गुप्तचर गठबन्धनले उनीहरुको भनाइलाई खारेज गरेको हो।

‘भाइरस प्रयोगशालाबाट उत्पन्न भएको भन्ने प्रमाण हालसम्म फेला परेको छैन,’ सो नेटवर्क स्रोतलाई उधृत गर्दै द गार्जियनले लेखेको छ।

‘दुर्घटनाबाट यो महामारी सुरु हुनु असम्भवप्रायः छ भन्ने हामीलाई लाग्छ,’ गुप्तचर निश्कर्षबारे जानकारी राख्ने कुटनीतिज्ञलाई उधृत गर्दै सीएनएनले लेखेको छ, ‘यो प्राकृतिक रुपमै मानिसमा सरेको हुनसक्छ।’

आइतबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भाइरस वुहानको ल्याबबाट आएको महत्पूर्ण प्रमाण आफूसँग रहेको दाबी गरेका थिए। तर, उनले कुनै प्रमाण दिएका छैनन्।

पोम्पेओसहित ट्रम्प प्रशासनका अधिकारीले गुप्तचर निकायहरुलाई प्रयोगशालासम्बन्धी सिद्धान्तलाई सघाउने प्रमाण खोज्न दबाब दिएको खबर गत साता न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .