ad ad

समाज


धुर्मुस सुन्तली फाउण्डेशनद्वारा कोरोना प्रभावितलाई निशुल्क भोजन

धुर्मुस सुन्तली फाउण्डेशनद्वारा कोरोना प्रभावितलाई निशुल्क भोजन

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ८:४५,

महाभुकम्प पछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्रभावित नेपालीहरुका लागी बिभिन्न राहत सामाग्री वितरण गरेको छ। कोरोनाको महामारीले बिभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खान समेत समस्या भएकाहरुका लागी फाउण्डेशनले बिभिन्न तरिकाले सहयोग गरिरहेको छ।

बिभिन्न राहतका प्याकेज वितरण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिले निशुल्क भोजन सुरु गरेको छ । सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, असहाय तथा बिपन्न परिवारहरुको समस्यालाई मध्यनजर गरी फाउण्डेशनले ललितपुरको थसिखेलमा निशुल्क भोजनको व्यवस्था गरेको हो।

ललितपुर स्थित रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा फाउण्डेशनले आजबाट प्रतिभा सहकारीको भवन अगाडी भोजनको व्यवस्था गरेको हो। अशक्त तथा बिपन्न वर्गका पीडितहरु बिहान ९ बजेदेखी ११ बजेसम्म र साँझ ५ बजेदेखी ७ बजेसम्म निशुल्क भोजनका लागी त्यहाँ जान सक्नेछन्। र फाउण्डेशनले आवश्यक पीडितहरु उक्त स्थानमा आई भोजनमा सहभागी हुन अनुरोध समेत गरेको छ।

धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाडौं, ललितपुर तथा भत्तपुरमा रहेका बिभिन्न बिपन्न, गरिव, बिभिन्न रोगीहरु, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुरहरु, अशक्त, विद्यार्थी, वृद्ध, गर्भवती महिला लगायतका पीडित पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोग समेत गरेको छ।

आमाको मुख हेर्ने दिनको अवसरमा धुर्मुसले बिभिन्न पीडामा रहेका कोरोना प्रभावित आमाहरुलाई आर्थिक सहयोग गरेका थिए। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार कोरोना प्रभावितका लागी हालसम्म ११ लाख बराबरको राहत विरण गरिसकिएको छ।

यस्तै, फाउण्डेशनले वैसाख ९ गते किर्तिपुर स्थित रहेको त्रिभुवन विश्व बिद्यालयमा अध्यनरत २०० जना विद्यार्थीहरुका लागी राहत वितरणसँगै कोरोना प्रभावितहरु पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ। त्रिभुवन विश्व विद्यालयका २०० विद्यार्थीहरुका लागी फाउण्डेशनले २०० बोरा चामल, ६०० केजी दाल, २०० पाकेट नुन, २०० लिटर तेल र २०० कार्टुन बिस्कुट सहित खाद्यान्न सहयोग प्रदान गरेको हो।

त्यससँगै झापामा अलपत्र परेको चितवनका २४ विद्यार्थीहरुलाई चितवन र ललितपुरमा अलपत्र अवस्थामा रहेका ९५ जना मजदुरहरुलाई २ वटा बस रिजर्भ गरी उनीहरुको गृहजिल्ला दाङ पठाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .