समाज


दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त

नेपालखबर
पुस २२, २०८२ मंगलबार १४:१६, काठमाडौँ

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा सुनिलकुमार जोशी नियुक्त भएका छन्।  

विश्वविद्यालयको मंगबार सिंहदरबारमा  बसेको सिनेट बैठकले उनलाई उपकुलपतिमा नियुक्त गरेको हो। 

त्यस्तै सिनेट बैठकले रजिस्ट्रारमा प्रा.डा खेमराज जोशीलाई नियुक्त गरेको छ।

आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा मन्त्रालयमा बसेको सिनेट बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो।

उपकुलपतिमा २ जनाको नाम सिफारिस भएको थियो।

ऐन पास भएपछि शिक्षा मन्त्रालयले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्न प्राडा जयराज अवस्थीको संयोजकत्वमा प्राडा दीपक महरा, प्राडा भारती जोशी सहितको तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले कार्तिक १५ गते उपकुलपतिपदका लागि आवेदन मागेको थियो। 

उपकुलपतिका लागि मन्त्रालयले ३ पटक आवेदन खुलाएको थियो। तेस्रो पटक आवेदन माग गर्दा दुई जनाको मात्र दरखास्त परेको शिक्षा मन्त्रालयले जनाएको छ। 

समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा ५ दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थिया। २ पटकसम्म आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए। 

सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते पहिलो पटक र कात्तिक ३० मा दोस्रो पटक दरखास्त आह्वान गरेको थियो।

तर, एक जनाको पनि दरखास्त नपरेपछि समितिले मंसिर २३ गते तेस्रो पटक सूचना जारी गर्दै २८ मंसिरसम्म दरखास्त पेस गर्न समय थप गरेको थियो।  

रजिस्ट्रारका लागि १० जनाको आवेदन परेको थियो।

संघीय संसद्बाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, ४ असार २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। 

त्यसपछि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया थालिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad