काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त भएकी छन्।
स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई प्रयोगशालाको निर्देशकमा नियुक्त गरेकी हुन्। उनी कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिइन्।
डा. झा सरुवा भएसँगै कोशी अस्पतालमा प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन (एघारौँ तह) का डा. राम नारायण चौधरीलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकका रूपमा कार्यरत डा. रञ्जनराज भट्टलाई भने आफ्नै दरबन्दीअनुसार प्रयोगशालामै कामकाज गर्ने गरी सरुवा गरिएको छ। डा. झाले दुई पटक प्रयोगशाला प्रमुखको जिम्मेवारी पाइसकेकी छन्।
78
Shares

प्रतिक्रिया