समाज


धनुषाको टिकटक विवादले वीरगञ्जमा तनाव

धनुषाको टिकटक विवादले वीरगञ्जमा तनाव

नेपालखबर
पुस २०, २०८२ आइतबार १२:३६, काठमाडौँ

टिकटकमा एकअर्काका धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ।

धनुषाबाट सुरु भएको घटनाको असर भारतसँगको सीमावर्ती सहर वीरगञ्जसम्म फैलिएको छ। अहिले त्यहाँ प्रदर्शन भइरहेको छ।

पछिल्लो सुरक्षा स्थितिलाई ध्यानमा राख्दै नेपाल प्रहरीले धनुषा र पर्सासहित मधेसका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाएको छ।

नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गोविन्द थपलियाका अनुसार पछिल्लो अवस्था विश्लेषण गर्दै प्रदेशका सबै जिल्लामासुरक्षा कडा पारिएको छ। ‘हामीले कानुन बमोजिम नियन्त्रणमा लिने, कारवाही गर्ने काम गरिरहेका छौँ। सबै तिर सुरक्षा सतर्कता बढाइएको छ', नेपालखबरसँग उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad