समाज


प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान्‌लाई स्वास्थ्य समस्या, ४ दिनदेखि अस्पतालमा

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान्‌लाई स्वास्थ्य समस्या, ४ दिनदेखि अस्पतालमा

प्रज्ञा तिम्सिना
पुस २०, २०८२ आइतबार १२:३७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। 

पिसावको संक्रमणका कारण उनी त्रिवि शिक्षणमा ४ दिनदेखि अस्पताल भर्ना भएको अस्पताल स्रोतले जनाएको छ। ‘पिसाव संक्रमणका कारण गत बिहीबारदेखि अस्पताल भर्ना हुनु भएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘संक्रमण नियन्त्रण गर्न एन्टिवायोटिक औषधि चलाईएको छ, औषधिका कारण पेट फुल्ने जस्ता समस्या देखिएको छ।’ 

उनलाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ। सुवेदीलाई यस अघि प्रोष्टेट समस्या देखिएको थियो। 

प्रधानमन्त्रीका निजी चिकित्सक डा मानबहादुर केसीले प्रोष्टेटको समस्या भने निको भइसकेको जनाएका छन्।

के हो पिसाब संक्रमण ?
चिकित्सकका अनुसार मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण नै पिसाब संक्रमण हो।  

मिर्गौला हुँदै पिसाब थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो भने पिसाब जमेर संक्रमण हुनसक्छ।

पिसाब संक्रमण विभिन्न कारणले हुने गर्छ। यौनांगको सरसफाइ नहुँदा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ। 

पुरुषमा उमेर बढ्दै जाँदा उत्पन्न हुने हर्मोनको असन्तुलनले प्रोस्टेटको आकार र तौल बढाउँछ। यसको अवस्थिति पिसाब नलीको मुख र थैलीको बीचमा हुने भएकोले यसको वृद्धिले मूत्र प्रणालीमा अवरोध गरेर त्यसले दैनिक जीवनमा प्रभाव पार्छ।

चिकित्सकका अनुसार पुरुषमा प्रोस्टेट ग्रन्थिको वृद्धि प्रायः ४० वर्षपछि सुरु हुने गर्छ। 

प्रोस्टेटको समस्या सुरु भएपछि पिसाबनली साँघुरो हुने भएकाले पिसाबको बहाव कम हुन्छ। जसका कारण पिसाबथैलीमा रहेको पिसाब पूर्ण मात्रामा निख्रिँदैन र थैलीमा पिसाब जमेर रहन्छ। 

पिसाब जमेपछि थैलीमा ढुंगा बन्ने, पिसाब नलीमा समेत भार परेर मिर्गौला सुन्निने र संक्रमणसमेत हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad