समाज


सुपर त्रिशूली हाइड्रोपावरका दुई कामदार त्रिशूली नदीमा बेपत्ता, गोताखोर परिचालन गरेर खोजी गरिँदै

सुपर त्रिशूली हाइड्रोपावरका दुई कामदार त्रिशूली नदीमा बेपत्ता, गोताखोर परिचालन गरेर खोजी गरिँदै

सुनिता विष्ट
पुस २०, २०८२ आइतबार ११:१०, हेटाैँडा

त्रिशूली नदीमा नुहाउने क्रममा हाइड्रो पावरमा कार्यरत दुईजना कामदार बेपत्ता भएका छन्। 

शनिबार दिउँसोदेखि बेपत्ता उनीहरुको खोजीकार्य भैरहेको चितवन प्रहरीले जनाएको छ। 

शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन्। 

बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु रहेका प्रहरीले जनाएको छ।

बेपत्ता युवकको आज बिहानैदेखि खोजी कार्यजारी रहेको चितवन प्रहरीले जनाएको छ। त्रिशूली नदी किनारमा कपडा, मोबाइल, चप्पल र लाइटर भेटिएपछि प्रहरीले खोजी कार्य अघि बढाएको हो। 

उनीहरु सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने कामदार रहेका प्रहरीले जनाएको छ। 

उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटको गोताखोरसहितको टोली परिचालन गरिएको छ। 

हिजो साँझसम्म पनि फेला नपरेपछि आज बिहानैबाट खोजी कार्य जारी राखिएको चितवन प्रहरीले जनाएको छ। शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटबाट गोताखोर सहितको टोलीले अहिले नदीमा खोजी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad