काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (आइतबार) ४ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे गरेको मापनअनुसार काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री सेल्सियस देखिएको हो। यसअघि आजै बिहान ५:४५ बजेको सुरुवाती मापनमा भने ४.३ डिग्री सेल्सियस थियो।
सबैभन्दा तल पुगेको तापक्रम नै न्यूनतम तापक्रम हो। हिजो शनिबार भने काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो।
यसैबीच आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् -६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ।
यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ।
हेर्नुहोस् देशका विभिन्न स्थानको तापक्रम विवरण (नोट : मिनिमम आजका हुन् भने म्याक्सिमम हिजोका)

Shares

प्रतिक्रिया