समाज


१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षका युवक पक्राउ

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षका युवक पक्राउ

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८२ बिहिबार १२:४१, काठमाडौँ

किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उदयपुरबाट एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कटारी नगरपालिका- ४ गवुवा बस्ने ३० वर्षीय अजय तामाङ रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अजयले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad