समाज


संक्रमित भारतीयले घर फोन गर्दै भने, ‘हामीलाई आराम छ, चिन्ता नलिनु’

संक्रमित भारतीयले घर फोन गर्दै भने, ‘हामीलाई आराम छ, चिन्ता नलिनु’

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ११:५६,

कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराईरहेका भारतीय नागरिकले भारतस्थित आफ्ना आफन्तलाई फोन गरी आफूलाई कुनै समस्या नरहेकाले चिन्ता नलिन आग्रह गरेका छन्।

उक्त अस्पतालमा १२ जना भारतीय नागरिकहरु उपचार गराइरहेका छन्। उनीहरुले घरमा फोन गर्न इच्छा व्यक्त गरेपछि अस्पतालले प्रशासनले उनीहरुलाई फोनको व्यवस्था गरेको थियो।

उपचारको नेतृत्व गरिरहेका चिकित्सक दीपक सिग्देलले भने, ‘उनीहरुले घरमा कुरा गर्न चाहेपछि अस्पतालले फोनको व्यवस्था गरिदिएको हो। उनीहरुले आफ्नो अवस्थाबारे घरमा जानकारी गराउनुका साथै चिन्ता नलिन आग्रह गरेका थिए।’

डा. सिग्देलका अनुसार १२ भारतीयसहित कोशी अस्पतालमा रहेका ३१ जना संक्रमितकै अवस्था सामान्य रहेको छ। अस्पतालमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका २९ जना तथा भोजपुर र झापाका एकएक जना संक्रमितको उपचार भईरहेको छ।

यसअघि वैशाख ६ र ७ गते संक्रमण पुष्टि भएकामध्ये १३ जनाको पहिलो पटक स्वाव संकलन गरिएको र २८ जनाको सोमबार थप बाँकीको स्वाव संकलन गरिएको डा. सिग्देलले जानकारी दिए। उनीहरुको दुवै रिपोर्ट हेरेपछि नतिजा सार्वजनिक गर्ने अस्पतालको तयारी छ।

कोभिड–१९ उपचार केन्द्र व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले त्यहाँ आवश्यक चिजबस्तुको पुर्तिमा कुनै कमजोरी नराखेको दाबी गरे।

उनले उपचार केन्द्रमा रहेका संक्रमितमध्ये केही मुस्लिम रोजा (व्रत) बसेको हुनाले उनीहरुलाई सोही अनुसार खानाको व्यवस्थापन गरिएको जनाकारी दिए। उनले संक्रमितलाई खानामा हरियो सागसब्जी, माछामासु, अण्डा एवं मागअनुसार भात र रोटीको व्यवस्था गरिएको जानकारी दिए।

याे पनि: विराटनगरमा यसरी भइरहेको छ ३१ कोरोना संक्रमितको उपचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad