समाज


वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको सफल शल्यक्रिया

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको सफल शल्यक्रिया

नेपालखबर
पुस १६, २०८२ बुधबार १७:३९, काठमाडौँ

वीर अस्पतालले पहिलो पटक १०३ वर्षीया वृद्धाको दुर्लभ न्यूरोसर्जिकल शल्यक्रिया गरेको छ। 

काठमाडौंको कोटेश्वर निवासी १०३ वर्षीया महिलाको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार उनको मस्तिष्कमा ठूलो रक्तस्राव (ब्रेन हेमरेज) भएको थियो। न्यूरो शल्यचिकित्सक प्राडा राजिव झाको टोलीले शल्यक्रिया गरेको हो।  

डा झाले जोखिम मोलेरै १०३ वर्षीया वृद्धामा पहिलो पटक शल्यक्रिया गरिएको र त्यो सफल भएको बताए।

‘शल्यक्रिया नगरेको भए तत्काल बिरामीको मृत्यु हुने देखेपछि जोखिम मोलेर नै शल्यक्रिया गर्ने निर्णय गयौँ,’ डा झा भन्छन्, ‘यो उमेर समूहमा पहिलो पटक न्यूरोशल्यक्रिया भएको हो।’

शल्यक्रियापश्चात बिरामीको अवस्थामा उल्लेखनीय सुधार देखिएको उनले जनाए। 

‘बोल्न सक्ने अवस्था र आफैं खाना खान सक्ने हुनुभएको छ। शल्यक्रिया सफल भएको छ,’ उनले भने।

अस्पतालले जारी गरेको विज्ञप्तिमा एक महिनादेखि टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिएकोमा परिवारले यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो। तर दुई दिनसम्म लगातार अचेत भएपछि वीर अस्पताल ल्याइएको उल्लेख गरिएको छ। 

१०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad