जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको आरोपमा उजुरी दर्ता गरेका छन्।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार उजुरी दर्ता भएको यादवका कानुनी सल्लाहकार वीरेन्द्र ठाकुरले जानकारी दिए।
‘उहाँहरुले उजुरी दर्ता गरिदिनु भएको छ, अब अनुसन्धान अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुहुन्छ,’ उनले भने।
वैशाख १० गते सांसद यादवले पार्टी फुटाउने प्रयासमा बस्नेतको टोलीले आफूलाई जबर्जस्ती जनकपुरबाट काठमाडौँ ल्याइएको आरोप लगाएका छन्।
यसअघि वैशाख १४ मा काठमाडौं प्रहरी परिसरले उनको जाहेरी लिन अस्वीकार गरेको थियो।
वैशाख १६ गते सरकारी वकिलको कार्यालयमा गएपनि सरकारी वकिलको कार्यालयले अध्ययनका लागि समय माग्दै तत्काल उजुरी दर्ता गर्न मानेको थिएन।
वैशाख १८ मा यादवले आफूलाई अपरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए।
यो पनि:
पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई सरकारले नै अपहरण गरेको दाबी, पत्नी अनभिज्ञ
सांसद अपहरण आरोप : पूर्वआईजीपी र सांसदद्वयविरुद्ध प्रहरीले लिएन जाहेरी
सांसद अपहरण आरोप: जाहेरी नलिँदा अर्को विवादको भुंग्रोमा प्रहरी

प्रतिक्रिया