कारोबार


वैशाखभित्र ब्याज भुक्तान गरे एनआईसी एशियाले १० प्रतिशत छुट दिने

वैशाखभित्र ब्याज भुक्तान गरे एनआईसी एशियाले १० प्रतिशत छुट दिने

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ९:३१,

एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट दिन गरेको निर्देशन बाहेक केही क्षेत्रलाई थप १० प्रतिशत ब्याज छुट दिने भएको छ।

नेपाल राष्ट्र बैंकले वैशाख १६ गते कोरोना भाइरसबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशतले कम गर्न निर्देशन दिएको थियो। यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधार दर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ। साथै, २०७७ असार मसान्त पश्चात विद्यमान व्यवस्था अनुसार आधार दरका आधारमा कायम हुने ब्याजदर निर्धारण गर्न सकिने समेत उक्त निर्देशनमा उल्लेख छ।

तर सोे छुट केही क्षेत्रहरुमा नपाइने उल्लेख छ। छुट नपाइने क्षेत्रहरुमा खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु रहेका छन्।

नेपाल राष्ट्र बैंकले यसअघि पनि गत चैत्र १६ गते निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो। जसअनुसार ऋणीहरुले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो।

सोही निर्देशन बमोजिम एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको छ। यसले गर्दा ग्राहकको वित्तीय भार कम हुन गई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

एन आई सी एशिया बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट ग्राहकहरुको खातामा जम्मा गरिसकेको समेत जानकारी गराएको छ। साथै एन आई सी एशिया बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहरुलाई लागू गरेको हो।

वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याज दरमा २ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १० प्रतिशत को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था बैंकले गरेको हो। तसर्थ ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छुटको साथ साथै एनआईसी बैंकको बैंकिङ्ग इतिहासमै दुर्लभ उपलब्ध हुने उपरोक्त उल्लेखित छुटमार्फत थप १० प्रतिशतको साधारण ब्याजमा छुट र जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको फाइदा उठाउन सबै ग्राहकवर्गमा बैंकले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad