वैदेशिक रोजगारीका लागि यूएई लैजाने भन्दै ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका–१ घर भइ हाल काठमाडौँको टोखा बस्ने ३९ वर्षीय सुनील थापा रहेका छन्।
उनले पीडितबाट पाँच लाख रुपैयाँ लिएर फरार भएको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका थापामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
63
Shares

प्रतिक्रिया