समाज


पहिलो पटक ड्रोन फोटो प्रदर्शनी हुँदै

पहिलो पटक ड्रोन फोटो प्रदर्शनी हुँदै

नेपालखबर
पुस १०, २०८२ बिहिबार १९:४४, काठमाडौँ

नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी आयोजना हुँदै छ। 

भोलि (पुस ११) देखि भृकुटिमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा सञ्चालन हुने प्रदर्शनी तीन दिनसम्म चल्नेछ।

फोटो पत्रकार नबिन बाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने तस्बिरहरू राखिनेछ।

नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्य तथा प्रचार प्रसारको पर्खाइमा रहेका स्थानहरुको आकाशबाट देखिने दृश्य प्रस्तुत गर्न प्रदर्शनीको आयोजना गरिएको फोटो पत्रकार गुरुङ्ले बताए।

‘प्रदर्शनीमा केही पर्यटनमा लोकप्रिय रहेका त केही जुर्मुराउँदै गरेका साथै भविष्यमा पर्यटनको प्रखर सम्भावना बोकेका गाउँ–ठाउँका फोटोहरु ड्रोन मार्फत कैद गरिएको छ। चराहरूले देख्ने दृष्टिकोणबाट यी पर्यटकीय क्षेत्रहरू कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित रहेर तस्बिरहरू प्रस्तुत गरिएको हो।’

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चाकर्मी संघ नेपालले यो प्रदर्शनीको आयोजना गर्न लागेका हुन्। नेपालमा ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको यस्तो प्रदर्शनी पनि पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ।

यसले नेपाली पर्यटनका नयाँ आयाम उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad