राजनीति


कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन

कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन

तस्बिर: सरोज शाही


नेपालखबर
पुस १०, २०८२ बिहिबार १९:५३, काठमाडौँ

दिनभरजसो राजनीतिक भेटघाट गरेका काठमाडौँ महानगरका मेयर बालेन शाह ललितपुरको कुपण्डोलस्थित घरबाट निस्किएका छन्।

उनले आज दिनभर आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरेका थिए। 

बिहान ७ बजे कुलमान घिसिङसँगको भेटबाट राजनीतिक संवाद थालेका उनले अन्तिममा जेनजी प्रतिनिधिहरुसँग छलफल गरेर निस्किएका हुन्। 

घिसिङसँगको छलफलमा आगामी चुनावमा मिलेर जानका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्री लगायतका विषयमा प्याकेजमै सहमति जुटाउने प्रयास भएको थियो। तर, त्यसमा सहमतिमा नपुगिएको नेताहरूले बताएका छन्। 

त्यसपछि उनले नेपाली कांग्रेसका निवर्तमान सांसद सुनील शर्मालाई भेटेका थिए। शर्माले भने संसद् पुनःस्थापना लगायतका विषयमा छलफल भएको बताएका थिए। 

त्यसपछि बालेनले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका थिए। रवि–बालेन भेट झण्डै चार घण्टा चलेको थियो। 

बालेनसँगको भेटपछि रविले छलफलबारे खासै खुल्न चाहेनन्। तर, उलने त्यसको परिणाम कस्तो होला भनेर आफ्नो अनुहारले नै बताउने प्रतिक्रिया दिएका थिए। 

रविपछि निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बालेनलाई भेटेका थिए। त्यसपछि रास्वपाकै पूर्वसांसद शिशिर खनाले भेटेका थिए। 

अनि बालेन जेनजी प्रतिनिधिहरूसँग सामूहिक भेघाट गरेका थिए। भेटमा जेनजी प्रतिनिधिहरू सुदन गुरूङ, रक्षा बम, पुरूषोत्तम यादव लगायतसँग छलफल गरेका थिए। 

जेनजीहरुलाई उनले मिलेर आउन आग्रह गरेका थिए। अनि, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उनलाई भेट गर्न पुगेका थिए। 

भट्टराईले बालेनलाई आफूले नयाँ र बैकल्पिक शक्तिहरूलाई एकतावद्ध गरेर जान सुझाव दिएको बताएका थिए। 

भट्टराईपछि हाम्रो नेपाली पार्टीका अध्यक्ष खगेन्द्र सुनुवार भेट गर्न पुगेका थिए।

उनीपछि फेरि बालेन जेनजी प्रतिनिधिहरुसँगै गफिएका थिए। अनि, पौने ८ बजेतिर त्यहाँबाट बाहिरिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad