धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–बिक्री गर्दै आएको एक संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
चोरी तथा बिक्री कार्यमा संलग्न सिकिन्द्र यादवसहित १२ जनालाई नियन्त्रणमा लिई उनीहरूको कब्जाबाट ११ थान चोरीका मोटरसाइकल बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेपछि विशेष निगरानी र अनुसन्धान अभियान सञ्चालन गरिएको बताए।
अनुसन्धानका क्रममा समूहले सार्वजनिक, बजार, अस्पताल तथा आवासीय क्षेत्रबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर कम मूल्यमा बेच्ने गरेको खुलेको छ।
पक्राउ परेकामाथि चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
72
Shares

प्रतिक्रिया