राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवासको संगठन प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्डको प्रमुखमा भिमलाल उपाध्याय (विदुर) चयन भएका छन् ।
२४ डिसेम्बरमा (बुधबार) राजधानी वारसास्थित हिमालयन यति रेस्टुरेन्टमा सम्पन्न भएको प्रथम अधिवेशनले उपाध्यायलाई सर्वसम्मत प्रमुख चयन गरेको हो ।
११ सदस्यीय समितिको उपप्रमुखमा ज्ञानबहादुर राई, सचिवमा सन्तोष आचार्य (समीप), सहसचिवमा मीना केसी (एन्जल) र कोषाध्यक्षमा राकेशराज दाहाल चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा मेन्डल जर्गा मगर, कमलकुमार श्रेष्ठ, सन्देश बञ्जारा, भीमप्रसाद भेटवाल, शैलेन्द्र लोहनी तथा शिला बराल तामाङ छनोट भएका छन्।
कुलबहादुर श्रेष्ठ संयोजक, शिवधर महतो सचिव र जोसुदा राना सदस्य रहेको निर्वाचन समितिले अधिवेशनको बन्द सत्रअन्तर्गत भएको निर्वाचनसम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो।

अधिवेशनबाट निर्वाचित समितिको शपथ ग्रहण कार्यक्रम भने आगामी जनवरीमा हुने सम्पर्क विभागले जनाएको छ।
कार्यक्रमको प्रमुख अतिथि वारसा क्षेत्रका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा. बोधराज सुवेदी थिए। सुवेदीलगायत पोल्यान्डमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिए।
तदर्थ समितिका प्रमुख भिमलाल उपाध्याय (विदुर) को अध्यक्षता तथा सचिव विशाल खतिवडाको सञ्चालनमा भएको अधिवेशनलाई रास्वपा केन्द्रीय उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय सचिव पदमराज पन्थीलगायतले भर्चुअल सम्बोधन गरेका थिए।
Shares

प्रतिक्रिया