समाज


राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

सुमन सुस्केरा
पुस १०, २०८२ बिहिबार १०:२२, विराटनगर

विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी २७ वर्षीय मिनष थापाको मृत्यु भएको छ। 

विराटनगर महानगरपालिका–५ निवासी थापा गएराति १ बजेतिर दुर्घटनामा परेका हुन्।

​विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई  उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियाे। लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

थापा विगत ९ वर्षभन्दा लामो समयदेखि कोशी प्रदेशबाट राष्ट्रिय क्रिकेटमा सक्रिय थिए। उनी ब्याट्सम्यानका रूपमा चिनिन्थे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad