समाज


३ तलामाथिबाट खसेका ६ वर्षीय बालकको उपचारको क्रममा मृत्यु

३ तलामाथिबाट खसेका ६ वर्षीय बालकको उपचारको क्रममा मृत्यु

नेपालखबर
पुस १०, २०८२ बिहिबार १०:३५, विराटनगर

झापाको बिर्तामोडमा आफ्नै घरको रेलिङबाट खसेका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। 

बिर्तामोड नगरपालिका वडा नम्बर४ आगमनटोल बस्ने राम कुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्कीको तीन तलामाथिबाट खसेर मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

​प्रहरीका अनुसार, पुस २ गते साँझ रियान्स आफ्नै तीन तले घरको माथिल्लो तलामा खेल्दै थिए। खेल्ने क्रममा अचानक रेलिङबाट भुईँमा खस्दा उनी गम्भीर घाइते भएका थिए।

​घाइते बालकलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। अस्पतालमा सात दिनदेखि उपचाररत बालकको  गएराति मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

बालकको शव अहिले सोही अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad