ad ad

समाज


नेपालगन्जमा ९ सहित एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

नेपालगन्जमा ९ सहित एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १०:४२,

नेपालगन्जमा एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

उनले नेपालगन्जको प्रयोगशालामा पाँच  पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनीहरु ७ देखि ८५ वर्ष उमेरको रहेको जानकारी प्राप्त भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

त्यस्तै प्रवक्ता देवकोटाले पर्साका ३६ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए।

यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित सबैको स्थास्थ्य अवस्था सामान्य रहेको मनत्रालयले जनाएको छ। अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना उपचाररत रहेका छन्। नेपालगञ्जमा आइतबार संक्रमण देखिएका ९ जनालाई अस्पताल ल्याउने तयारी भइरहेको र १ जनाको अस्पतालमा जनाको उपचार भइरहेको छ। यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेका छन्। १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

मन्त्रालयले आइतबारसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ वटा आरडीटी परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।

नेपालगन्ज उपमहानगरपालिकाकी नगर उप–प्रमुख उमा थापामगरका अनुसार एक ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उनकै परिवारका ७ जनासहित सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको थियो। त्यसमध्ये ९ जनामा संक्रमण पुष्टि भएको खबर आएको छ।

उनले आइतबार थपिएका संक्रमितमध्ये केही व्यक्ति ती संक्रमतिको परिवारको समेत भएको आशंका गरिएको बताइन्।

‘एकैपटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएका जानकारीमा आएको छ। उनीहरुलाई अस्पताल लैजाने तयारी हुँदैछ,’ उपप्रमुख थापामगरले नेपालखबरसँग भनिन्।

संक्रमित भेटिएको नेपालगञ्जको उक्त स्थान भने यसअघि नै सिल गरिसकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .