समाज


मोटरसाइकलको ठक्करबाट १० वर्षीय बालकको मृत्यु, अटो पल्टिँदा चालकको ज्यान गयो

मोटरसाइकलको ठक्करबाट १० वर्षीय बालकको मृत्यु, अटो पल्टिँदा चालकको ज्यान गयो

नेपालखबर
पुस ७, २०८२ सोमबार १३:५७, काठमाडौँ

सिराहा र रुकुमपश्चिममा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

सिराहाको धनगढीमाई नगरपालिका-१३ भर्लेनीस्थित सडकमा स. ८ प ८५६२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री बालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सोही नगरपालिका-१३ कोरोना चोक बस्ने १० वर्षीय रिदम बहादुर लामा रहेका प्रहरीले जनाएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो। मोटरसाइकल
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ खारखोलामा अनटेष्ट लेखिएको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा अटो चालक मुसिकोट नगरपालिका-१३ छिवाङ बस्ने २८ वर्षीय बिनोद रोकाको घटनास्थलमै मृत्यु भएको हो।

यी दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad