काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ।
यसै क्रममा आज (शुक्रबार) काठमाडौँ उपत्यकाको तापक्रम बिहीबारभन्दा घटेको छ। अर्थात् जाडो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम र अधिकतम दुवैथरी तापक्रम बिहीबारभन्दा तल पुगेका छन्।
महाशाखाले दिएको विवरणअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम ५.२ र अधिकतम १८.५ डिग्री सेल्सियसमा ओर्लिएका हुन्। हिजो अर्थात् बिहीबार क्रमश: ५.३ र १९.४ थिए।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
देशका अन्य स्थानको तापक्रम थाहा पाउन हेर्नुहोस् सूची:

Shares

प्रतिक्रिया