प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागारबाट फरार एकजनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त गौशालाले धनुषा जिल्लाको गणेशमानचारनाथ नगरपालिका-१ का ४९ वर्षीय जीवन पञ्चवीर विश्वकर्मा उर्फ कान्छा विश्वकर्मालाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले मिति शुक्रबार दिउँसो साढे १२ बजे चावहिलबाट पक्राउ गरेको हो। उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उनी केन्द्रीय कारागारबाट फरार भएका थिए।
72
Shares

प्रतिक्रिया