मोरङ र बागलुङमा भएका सवारी दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ।
मोरङको सुनवर्षी नगरपालिका–४ कासिजामस्थित सडकमा मे.११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका–४ बस्ने ६२ वर्षीय जयराम प्रसाद दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार राति बसको ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मकालु अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि बागलुङको बागलुङ नगरपालिका–४ कुंडुलेमा ध.१ च-१३३६ नम्बरको जिपको ठक्करबाट बालकको मृत्यु भएको छ।
पैदल यात्री काठेखोला गाउँपालिका–१ धैरेनी बस्ने शिवप्रसाद शर्माका ५ वर्षीय छोरा सूर्य ढुङ्गानाको बिहीबार साँझ मृत्यु भएको हो।
जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले जिप चालकलाई पक्राउ परेको छ। दुवै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया