काभ्रेपलाञ्चोकको बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने आठमध्ये चार जनाको सनाखत भएको छ। जसमा एक जना नेपाली सेनाका अमल्दार पनि छ।
सनाखत हुनेमा अमल्दार दैलेखका बमबहादुर भण्डारी, काभ्रे रोशी गाउँपालिका-७ का ३४ वर्षीया फूलमाया तामाङ, रोशी-६ का ७५ वर्षीय इन्द्रबहादुर झाँकी र रोशी-८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन्।
अन्य चार जनाको भने सनाखत हुन सकेको छैन। दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ।
बनेपाबाट सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसमा २४ जना सवार थिए।
243
Shares

प्रतिक्रिया