समाज


वैद्यखाना सुधारको योजना पेश गर्न स्वास्थ्यमन्त्री मेहताको निर्देशन

वैद्यखाना सुधारको योजना पेश गर्न स्वास्थ्यमन्त्री मेहताको निर्देशन

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १८:२५, काठमाडौँ

सिंहदरबार वैद्यखानाको सुधारका लागि योजना पेश गर्न स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निर्देशन दिएकी छन्। 

शुक्रबार मन्त्री मेहताले सिंहदरबार वैद्यखानाको स्थलगत अनुगमनसँगै व्यवस्थापन र कर्मचारीसँग छलफल गरेकी थिइन्। त्यस क्रममा उनले वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन तथा बजार प्रवर्द्धन गर्न तत्काल गर्नुपर्ने सुधारका लािग योजना पेश गर्न भनेकी हुन्। 


त्यस्तै, मन्त्री मेहताले आवश्यक स्रोतसाधन, औजार, उपकरण र जनशिक्तको विवरण पनि पठाउने भनेकी छन्। उनले वैद्यखानाको समग्र सरसफाइ तथा व्यवस्थापनमा पनि ध्यान दिन निर्देशन दिएकी छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad