समाज


पोर्चुगलमा धादिङका व्यक्तिको मृत्यु

पोर्चुगलमा धादिङका व्यक्तिको मृत्यु

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १४:८,

पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ।

धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। उनी ५ वर्षदेखि पोर्चुगलमा थिए। जहाँ उनी एक कम्पनीमा काम गर्थे।

लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा उनको मृ्त्यु भएको हो। मस्तिष्कमा रगत जमेर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुगेका थिए। मृतककी एक छोरी पोर्तुगलमै छिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad