समाज


कोरोनाले अमेरिकाको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु, मेयरले भनेः हृदयविदारक घटना

कोरोनाले अमेरिकाको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु, मेयरले भनेः हृदयविदारक घटना

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १४:१४,

कोरोना संक्रमणका कारण अमेरिकाको न्युयोर्कस्थित एकै नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ।

‘यो अत्यन्त हृदयविदारक छ, अपूरणीय क्षति भएको छ, असम्भव र अकल्पनीय घटना भएको छ, मैले पत्याउनै सकिरहेको छैन,’ न्युयोर्कका मेयर बिल डे ब्लासियोले भनेका छन्।

एउटै नर्सिङ होममा यति धेरै मानिसको मृत्यु भएको सम्भवतः यो अमेरिकाको इतिहासमै पहिलो भएको उनले बताए।

तीमध्ये १३ जनाको त शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा जानकारी दिइएकाे छ। 

नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ। कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले शव अहिले त्यत्तिकै राखिएका छन्।

अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्रवबिन्दु मानिएको छ। कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमण र मृत्युदर अत्यधिक छ। अमेरिका अहिले कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने देशमा पर्छ।

शनिबार दिउँसोसम्मको विवरणअनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ६५ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ। त्यसैगरी संक्रमितको संख्या ११ लाख ३१ हजार ४ सय ९२ पुगेको छ। तीमध्ये १ लाख ६१ हजार ५ सय ६३ जना भने निको भइसकेका छन्।

अमेरिकामा अहिले पनि ९ लाख ४ हजार १ सय ५३ जना संक्रमित अवस्थामै छन् भने तीमध्ये १६ हजार ४ सय ८१ बिरामीकाे अवस्था गम्भीर रहेको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन्।रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad