आइतबारको तुलनामा सोमबार (आज) काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम घटेको छ। यसको अर्थ हिजोको तुलनामा आज दिउँसो उपत्यकामा जाडो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझ ५:४५ बजे मापन गर्दा उपत्यकाको अधिकतम तापक्रम १८.२ छ। हिजो यो समय उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार दिउँसो घाम कम लागेको अवस्थामा अधिकतम तापक्रम घट्छ भने चिसो बढ्छ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने हिजोको तुलनामा आज बढेको छ। मौसम महाशाखाका अनुसार आइतबार ५.० डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम आज ५.४ डिग्री छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् काठमाडौँसहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

Shares

प्रतिक्रिया