वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका–२ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–३ बस्ने ४३ वर्षीय खडानन्द लामिछाने रहेका छन्।
उनले रकम लिएर कोरिया नपठाई सम्पर्क विहीन भएपछि पीडितले उजुरी दिएका थिए।
उनीविरुद्ध थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
48
Shares

प्रतिक्रिया