जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण गरि सञ्चालनमा आएको छ।
भवन पुनर्निर्माण पश्चात् प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेका छन्।
गत २३ र २४ भदौमा यो कार्यालय क्षतिग्रस्त बनेको थियो। घटनाको तीन महिनापछि पुनर्निर्माण सम्पन्न गरिएको हो।
भवन उद्घाटन कार्यक्रममा आईजीपी कार्कीसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीलगायतको उपस्थिति थियो।
भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैँ तारोमा पर्ने गरेको गुनासो गरे।
उनले प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको बताए।
उनले प्रहरीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिए।
Shares

प्रतिक्रिया