कारोबार


घटेको बजारमा ४ अर्बको सेयर किनबेच

घटेको बजारमा ४ अर्बको सेयर किनबेच

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १५:१९, काठमाडौँ

सेयरबजारमा आज गिरावट आएको छ। आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको हो। 

यद्यपि ४ अर्बको कुल किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। लगानीकर्ताले १ करोड १२ लाख बढी कित्ता सेयर बिक्री गर्दा आइतबार यो परिमाणमा कारोबार भएको हो। 

यस दिन ५६ वटा सेयरको मूल्य बढे पनि १ सय ९७ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज स्वस्तिक लघुवित्तको १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले १९२.३० रुपैयाँ कमाएका छन् भने एसवाई प्यानल नेपालको पनि ९.९८ प्रतिशतले बढ्दा लगानीकर्ताले ३८.६० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

अन्य सेयर उच्च दरले बढेका छैनन्। गिरावट आएका सेयरमा सिटी होटलका सेयरधनीले ६.२६ प्रतिशत गुमाएका छन् भने बाँकीले कम दरमा गुमाएका छन्। 

आज कुमारी बैंकको प्रमोटर सेयर २६ करोडको कारोबार भएको छ। बाँकी सेयर कारोबार उल्लेख्य रुपमा भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad